दमकमा राहत बाँडन काँग्रेसको सक्रियता
दमक/ झापाको दमकमा लकडाउनको कारण दैनिक गुजारा गर्न समस्यामा परेकाहरुकोलाई खाद्यन्न वितरणमा नेपाली काँग्रेस सक्रिय रहेको छ । यसैक्रममा नेपाली कांग्रेस दमक वडा नम्बर ४ को अगुवाईमा बुधबार राहत वितरण गरिएको जनाईएको छ ।
वडा कार्यालयको सिफारीसमा नपरेका तर न्यून आय भएका मजदुर तथा विपन्न किसान परिवारलाई प्रतिपरिवार परिवार संख्याको आधारमा १० देखि २५ केजीसम्म चामल दाल नुन लगायतका सामग्री वितरण गरिएको नेपाल किसान संघ झापाका सभापति राजेन्द्र भटराईले बताएकाछन् ।
वडा समितिको अगुवाईमा कंचनजंगा टोलका ५३ परिवार, जानकी टोलका २२ परिवार र जनसेवा टोलका छुटेका ५ परीवारलाई राहत वितरण भएको हो । संघिय सांसद महेन्द्र कुमारी लिम्बुको राहत वितरणमा सहभागिता रहेको थियो । वडा कार्यालयको बिभेदमा परेकाहरुलाई आफुहरुले राहत दिएको सो अवसरमा काँग्रेसले जनाएको थियो ।
अति विपन्न मजदुरहरुलाई राहत वितरण गरिएको नेपाली कांग्रेस दमक नगर सहसचिब दिपेश दाहालले जानकारी दिए । दाहालका अनुसार राहत पार्टीका स्थानीयनेता, कार्यकर्ता, क्रियाशिल सदस्य एबम पार्टीका देश विदेशमा रहेका शुभचिन्तकहरु तथा उद्योगी ब्यबसायीहरुबाट जुटाईएको हो ।
यस अघी चियाबगानको कोठीलाईन, चिया बगान पूर्वमा रहेको सुकुम्बासी बस्ती, मालपोत कार्यालय पूर्वमा रहेका सुकुम्बासी बस्ती, ताराबारीको सुकुम्बासी बस्ती, मावा खोलाको डिलमा रहेका सुकुम्बासी बस्ती, दमक–४ स्थित बृद्धआश्रम, डाकिनी लगायतका स्थानका ५२५ अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको नेपाली काँग्रेस दमकका सह सचिव दीपेश दाहालले बताए ।
