संविधानसभा सदस्य एवं काँग्रेस नेता विश्वदिप लिङदेन अस्वस्थ
दमक/ नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य विश्वदिप लिङदेन अस्वस्थ्य भएकाछन् । उनि केहि दिन अघिदेखि उपचाररत रहेकाछन् । अझै केहि दिन अस्पतालमा नै रहने बताईन्छ ।
जन्डिससहित मुटु रोग सम्बन्धी समस्या भएपछि नोवेल अस्पताल विराटनगरमा उपचाररत रहेको जनाईएको छ । मुटुको एन्जियोग्राफी गरिएको र स्वास्थ्य अवस्था सुधार भईरहेको बताईएको छ।
तत्कालिन अवस्थामा झापा क्षेत्र नम्बर ७ वाट पहिलो संविधानसभाका निर्वाचनमा केपी शर्मा ओलीलाई हराएर उनि चर्चामा आएका थिए । उनको स्वास्थ्य अवस्था बुझ्न काँग्रेस नेता कार्यकर्ताहरु अस्पताल पुगिरहेकाछन् ।
