दमकमा ५ दिनमा बल्ल एकजनाको आरडीटी टेस्ट, लकडाउन खुलाले जोखिम निम्तने खतरा
विष्णुप्रसाद पोखरेल
दमक/ सरकारले कोराना संक्रमणको उच्च जोखिममा झापालाई राखेको छ । दमक र बाह्दशीमा एकएकजनामा कोरोना पोजेटिभ पनि देखिएको छ ।
दमकमा लकडाउन कमजोर रहेका कारण कहाँबाट कति मान्छे आए कसैलाई अत्तोपत्तो छैन । भारतबाट फलफुल तथा शब्जि आउने क्रम रोकिएन ।
दमकमा जाँचको दायरा अत्यन्त न्यून रहेको छ । सिमित ब्याक्ति त्यो पनि एकजना संक्रमितको सम्पर्कमा आएका बाहेक अरुको खास जाँच भएको छैन ।
दमकमा ५ दिनको अवधिमा आरडीटी परीक्षण एकजनामा भएको छ । यो अवधिमा पीसिआर परीक्षण त भएको छैन ।
परीक्षणको दायरा बढाउन नगरपालिका तथा स्थानीय सरकारको पहुँचभन्दा बाहिर मानिएको छ । आइओएमको ल्यावलाई प्रयोगमा ल्याउन सकिने र माग गर्ने भनिएकोमा के भयो त ? यो भएको भए पक्कै पनि परीक्षणको दायरा बढ्न सक्थ्यो ।
एकातिर परीक्षणमा समस्या छ अर्कोतर्फ लकडाउनको बन्दै पालना भएको छैन । यसले जोखिम निम्त्याउने खतरा रहेको छ । स्थानीय सरकार र सरोकारवालाहरुले समयमा नै यो सोच्नु जरुरी रहेको देखिन्छ । अन्यथा भोली समस्या जटिल बन्न सक्छ ।
हाम्रा आफन्त तथा नजिकका नातेदार एवं छोराछोरी नै महामारी फैलिएको छिमेकी मुलक भारतमाछन् । उनिहरुलाई नेपाल कतिखेर आँउ भएको छ । सबैलाई कति खेर ल्याउ भएको छ ।
उनिहरु ल्याउनु र आउनुपर्छ । तर उनिहरुको विश्वासिलो रुपमा स्वास्थ्य परीक्षण त हुनुपर्यो ।
