२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ कोरोना संक्रमण रोकथाम, उपचार जिल्ला अनुगमन तथा समन्वय समितिका संयोजक  जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी सहित सम्पूर्ण स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरुको बैठकले स्थानीय तह तथा सरकारी निकाय बाहेकलाई राहत वितरणमा रोक लगाएको छ ।

समाजसेवी देखिनका लागि अहिले राहत बाँड्ने र राहत बाँड्नका लागि आर्थिक संकलन गर्ने कार्य भइरहेको छ त्यो रोक लगाउने निर्णय भएको हो, उनले भने । स्थानीय तह तथा जनप्रतिानिधिसंग समन्वय नगरी राहत बाँड्न पाईदैन, उनले भने ।

एकद्वारबाट राहत वितरण गरिने पुरानै निर्णय भएको र त्यसलाई पालना गराउने बिषयमा छलफल भएको छ ।

केहि दिनयता राहत वितरणको बिषयमा सञ्चारमाध्यमहरुमा भएको टिकाटिप्पणी प्रति पनि बैठकले आपत्ती जनाएको छ ।

स्थानीय तहले पुर्वाग्रह रुपमा राहत बाँडेको र धेरैले नपाएको भन्दै अहिले नीजि क्षेत्र तथा सामाजिक संघसंस्थाहरुले राहत वितरण गर्दै आएकाछन् ।

स्थानीय तहको बिभिन्न चरणका राहत वितरण भएकाछन् । यस्तो राहत वितरण रोकिएला की नरोकिएला त्यो भने हेर्न बाँकी रहेको छ ।