जव दमकका एक वडाध्यक्ष रक्सि खोज्दै दमक चोकको एक होटल पसे……..(भिडियो)
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा लकडाउना पनि अधिकाँश साना किसिमको मदिरा पसलहरु ख्ुला रहेको पाईएको छ । होटलहरु बन्द भएपछि मदिरा विक्री गर्ने साना तथा घरहरुमा सञ्चालन भएका अधिकाँश मदिरा पसलहरु खुला रहेको पाईएको हो ।
दमक बजार अनुगमन समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष भीम पौड्याले दमक चोकको एक होटलमा ग्राहक बनेर सोधे । यहाँ के पाईन्छ ? होटलवालाले जवाफ दिए, हजु्र रक्सिदेखि लिएर मासु पनि खान पाएन्छ ।
इलाका प्रहरी कार्यालय दमकका डिएसपी सहितलाई उनले भने, त्यहाँ होटल खुला छ र रक्सि बिक्री भइरहेको छ, तपाईहरु के हेर्नुहुन्छ ?
त्यसपछि त्यहाँ जादा भनेजस्तै अवस्था पाएपछि होटल साहु र मदिरा सेवन गरिहेकालाई कार्वाही स्वरुप चर्को घाममा १ घण्टा उभ्याईएको थियो ।
वडाध्यक्ष पौड्यालले छड्के अनुगमन गर्दा होटल साहुले यहाँ प्रहरी पनि आएर खाने गरेको भनेका थिए । त्यसपछि पौड्याल आक्रोशित भएपछि दमक नगर प्रहरी सहित दमक प्रहरीको टोलीले होटलमा छापा मार्दा एकजना ग्राहक पछाडिबाट फरार भएका थिए ।
दमकमा भट्टी पसल खोले र त्यहा गएर खानेलाइ पनि सुरु भयो कार्बाही । अनुगमन यस्तो भयो ।
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Sunday, 10 May 2020
