झन्झन् थपिदैछन् कोरोना पोजेटिभ- थप १० जना नयाँ कोरोना संक्रमित फेला
नेपालमा थप १० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्यि जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो । संक्रमित दशै जना पुरुषहरु कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभूमी नगरपालिकाका हुन् ।
संक्रमित भएकाहरुमा एक जनाको उमेर खुलेको छैन भने बाँकी संक्रमितहरु क्रमशः १८, १९, २० वर्षका २ जना, २४, ३०, ३१ र दुई जना ३४ वर्ष उमेरका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।
