नेपालमा बढ्दैछ कोरोना त्रास, फेरी बढ्यो कोरोना पोजेटिभको संख्या
एकातिर लकडाउन खुकुलो छ अर्को तिर संक्रमित बढ्दैछन् । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी १३ जना नयाँ संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरी १३ जना संक्रमित थपिएका हुन्। यो सहित नेपालमा संक्रमितको संख्या १३४ पुगेको छ।
