२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ नर्सिङ दिवसको अवसरमा आम्दा अस्पताल दमकले आज दमकमा एक कार्यक्रमको आयोजना गरेको छ । कोरोना संक्रमण रोकथाममा सहयोग पुग्ने गरी कार्यक्रम गरेको हो ।

सामाजिक दुरी कायम गर्दै अस्पताल र यहाँ कार्यरत नर्सहरुले स्वास्थ्यकर्मीजस्तै सेवामा खटिएका सुरक्षाकर्मीहरुलाई कोरोना संक्रमणबाट बच्नका लागि प्राथना सहित माक्स, पानी, साबुन, हात पुछ्ने रुमाल सुरक्षाकर्मीलाई उपलब्ध गराएको हो ।

अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. नविन ढकाल सहितको टोलीले गणतन्त्र चोकमा ड्युटीमा रहेका प्रहरी र इलाका प्रहरी कार्यालय दमक परिसरमा सामाग्रि उपलब्ध गराएको थियो । सो अवसरमा डा. ढकालले सुरक्षाकर्मीहरुलाई सुरक्षित भएर काम गर्न

केहि भएपनि सहयोग पुगोस भनेर सहयोग गरिएको जनाए । प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी बिजयराज पंण्डितले सहयोगप्रति आभार प्रकट गरेका थिए ।