२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

मैले जे देखि त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक/ बुधबार विहानै झापाको दकमका ट्रिपरको ठक्करबाट एक वालकको ज्यान गयो । साइकलमा आफ्नो बाटो लागिरहेका बालकलाई तिव्र गतिमा आएको र निर्माण सामाग्रि अति नै हालेको टिपरले कच्याककुचुक पार्ने गरी किच्यो । लकडाउनको यो समयमा सडक खुला भएको हुन्छ । अन्य समयमा त टिपरबाट बच्न मुश्किल पर्छ भने अहिले झनै समस्या रहेको छ ।

स्थानीय तहले दिएको टिपर सञ्चालन अनुमतिमा न समय सिमा रहेको छ न त कुन रुटमा चल्ने भनेर लेखेको छ । यो कस्तो पास हो ? इलामको चुलाचुली गाँउपालिकाले विहान दुर्घटना गराएको  टिपरलाई दिएको पासमा सञ्चालन क्षेत्र चुलाचुली, दमक र मोरंग लेखिएको छ । त्यहाँ भित्रि सडकमा उक्त टिपर कसरी आइपुग्यो । दुर्घटना भएको भित्रि सडक दीपेनी मार्ग हो । मावा वा रतुवा खोलाबाट नदीजन्य सामाग्रि झिकेर ल्यान र चुलाचुली पुर्याउन यो बाटो प्रयोग हुन्न ।

अति अवाश्यकीय निर्माण सामाग्रि बोक्न भनिएपनि खोलो उत्खनन् समय अब धोरै रहेकाले अहिले नै खोलाजन्य सामाग्रि भण्डारन गर्ने हतारो टिपर मालिक तथा सञ्चालकहरुको रहेको छ । कुनै एउटा सामान्य योजनामा कति बालुवा र टिपर लाग्छ त्यो अनुसार पास जारी गरे हुन्न ?

दमक सहित झापामा टिपर सम्राज्य छ । न टिपरलाई टाइमकार्ड छ न त समय सिमा । न त स्पिड मापन गरेर कार्वाही नै छ । आखिर यस्तो किन ? ठुला निर्माण ब्यवसायीहरुको पहुँच र उनिहरुले यसको नियमन र अनुगमन गर्ने अख्तियारी पाएकाहरुलाई पारेको प्रभाव भन्ने ब्यापक जन गुनासो सुनिन्छ । होइन भने धेरै ट्रिप मार्नका लागि सडकमा हुइकाईने टिपरले ट्राफिक नियम मिच्दा कार्वाही किन हुँदैन ?

बारम्बार निर्माण सामाग्रि सडकभरी झार्दै हिडदा पनि कार्वाही हुन्न । यदि ट्रिपरको स्पिड कन्ट्रोल र बढि ट्रिप बोक्ने तथा बोकाउने कार्य नियण्त्रण गर्न नसकिए कोरोनाभन्दा पनि टिपरबाट बच्न मुश्किल हुने अवस्था देखिन्छ । यसमा स्थानीय प्रशासन तथा सरोकारवालाहरुको ध्यान जानु जरुरी छ ।

दमकमा टिपरको ठक्करले एक बिहानै एक बालकको बिभत्स तवरले गयो ज्यान । स्थानिय आक्रोसित

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Tuesday, 12 May 2020