दमकमा लकडाउनको चरम उलंघन
दमक/ झापाको दमकमा लकडाउनको अवज्ञा हुन थालेको छ । आज बुधबार दमकमा सिटी सफारी सञ्चालन निर्वाध रुपमा भएकाछन् भने अधिकाँश पसलहरु पनि खुलेकाकछन् ।
नीजि सवारी साधनहरु प्रशस्त कुदेकाछन् । टिपरहरु पनि सडकमा कुदिरहेकाछन् । मोवायल पसल, भाँडाकुडा पसल, कपडापसल, जुत्ताचप्पल पसल पनि खुलेकाछन् । भट्टी पसल, कस्मेटीक र शैलन पनि खुला छ । खोल्न भनिएका पसलमात्र नभएर नखोल्न भनिएका धेरै खुलेको पाईएको छ ।
केहिदिन यता देशभर कोरोना संक्रमण बढिरहेको छ । यस्तो अवस्थामा लकडाउनको पालना गर्नु पर्नेमा दमकमा अवज्ञा भएको बताइन्छ ।
दमकमा कि लकडाउन छैन र खुला छ भन्नु पर्यो होइन भने यस्तो नहुनु पर्ने हो, दमक ६ का शरण लिम्बुले भने । लकडाउन आवश्यक छैन भनेर सबै पसलहरु खुला गराउदा हुन्थ्यो तर लकडाउन भन्ने अनि यस्तो त हुनु नहुने हो, उनको भनाई थियो ।
