२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमक ६ स्थित पुरानो सुर्ती लाइनका हार्डवेयर तथा अन्य पसलहरु लकडाउनमा पनि निर्वाध रुपमा खुलिरहेको गुनासो बढेको छ । विहान ७ बजेदेखि बेलुका अबेरसम्म पनि आधा सटर खुला राखेको स्थानीय एकले तस्विर सहित प्रभावकारी न्यूजलाई जानकारी गराएकाछन् । उनले भिडियो पनि पठाएकाछन् ।

लकडाउनका समयमा तोकिएको समयभन्दा अन्य समयमा पसलहरु खोले कार्वाही गरिने भनिएपनि खोल्नेलाई केहि गरिएको छैन नखोल्नेलाई बैकको ब्याज र घरभाडा कसरी तिर्ने समस्या रहेको छ । यस लाइनका अधिकाँश पसल तथा ब्यापार ब्यवसाय लकडाउनको शुरुवातदेखि नै खुल्दै आएको बताइन्छ ।