दमक नगरपालिकाका सबै कर्मचारीहरुले प्रोत्साहन भत्ता नलिने
दमक/ नगरपालिकाले कर्मचारीलाई उपलब्ध गराउदै आएको प्रोत्साहन भत्ता दमक नगरपालिकाका कर्मचारीहरुले नलिने भएकाछन् ।
आज दमक नगरपालिका प्रमुख रोमनाथ ओलीको उपस्थितिमा नगरपालिकामा शाखा प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको बताईएको छ ।
नगरपालिकाले यो बिषम परिस्थितिमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि उक्त रकम खर्च गरिने पनि सो अवसरमा जनाईएको थियो ।
नगरपालिका उपप्रमुख एवं प्रवक्ता गीता अधिकारीद्धारा जारी बिज्ञप्ति अनुसार बैशाखदेखिको नै प्रोत्साहन भत्ता नलिने निर्णय भएको हो ।
