२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमक उद्योग बाणिज्य संघले लिखित रुपमा नै बाहिरबाट दमक आएकाहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नका लागि माग गरेको छ । संघका अध्यक्ष गोकुल श्रेष्ठले हस्ताक्षर गरेर नगरपालिकालाई बुझाएको ध्यानकर्षणपत्रमा यस्तो माग गरिएको छ ।

दमकमा आन्तरिक रुपमा बाहिरबाट आएका मानिसहरुको लेखाजोखा नै रहेको छैन । विदेशबाट आएकाहरुकोमात्र खोजी गर्न कार्य भएपनि संक्रमित जिल्लाबाट आएकाहरुको भने कहि कतै पनि लेखाजोखा नहुँदा खतरा बढ्न सक्ने देखिन्छ ।

दमकमा जोखिम बढेको महसुस गरेका छौ, अध्यक्ष श्रेष्ठले भने । समसामयिक बिषय र ब्यवसायिक हितको बिषयमा पनि हामीले दमक नगरपालिकालाई बुदागत रुपमा ९ वटा मागहरु राखेकाछौ, उनले भनेकाछन् । नगर प्रमुख ओलीलाई नै ध्यानकर्षणपत्र बुझाईएको बताईन्छ ।

दमकका क्वारेन्टाइनहरु अहिले खालि रहेकाछन् । दमक नगरपालिकाका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक बद्रि बरालले पनि क्वारेन्टाइन निर्माणमा ध्यान दिनु पर्ने समय रहेको बताएकाछन् । स्थानीय सरकारसंग समन्वय गरेर अघि बढ्न सामाजिक संघसंस्थासंग अपिल पनि गरेकाछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-

सकिन्छ विषेश रूपमा न्युनतम सुबिधा भएको ब्यवस्थित क्वारेन्टाइनको अधिकतम ब्यवस्थापन गरौं र दमक क्षेत्र भित्र प्रवेश गर्ने नागरिकलाई कम्तिमा २१ दिन त्यहाँ बस्ने ब्यबस्था गरेर, उनिहरूलाई जाच गरेर, उनिहरू संक्रमित छैनन् भन्ने पुष्टि भएपछि आ-आफ्नो बासस्थान पुर्‍याउने र अरू १४ दिन घरमा नै सुरक्षित बस्न लगाउनु नै सबैभन्दा उत्तम उपाय हो। यसो गर्न स्थानीय सरकारलाई विभिन्न सघ संस्थाको सहयोग अति आवश्यक रहन्छ । सहयोगी हातहरूले स्थानीय निकायहरू संग समन्वय गर्न अनुरोध छ।