२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकस्थित रतुवा खोलामा निर्माणाधिन पुलमुनीबाट नै खोलाजन्य सामाग्रि झिकिरहेको भेटिएको छ । पुलको पिलरमुनी नै खन्दै टिपरका टिपर निर्माण सामाग्रि ओसारेको भिडियो प्राप्त भएको छ ।

पुल छेउ तथा पुललाई असर गर्ने गरी कुनै पनि प्रकारको उत्खन्न गर्न पाइदैन । दमक र चुलाचुली जोड्ने निर्माणाधिन पुलको फेदमा खन्दा पनि स्थानीय सरकार र स्थानीय प्रशासन कसैको पनि ध्यान नगएको भन्दै स्थानीयहरुले आक्रोश पोखेकाछन् ।

खपिनसक्नु गरी टिपरहरु सञ्चालन भइरहेको र स्थानीय प्रहरी तथा जनप्रतिनिधिको पनि ओहोरदोहोर भइरहेता पनि यो नरोकिएको भन्दै स्थानीयहरुले आक्रोश पोखेकाहुन् ।