२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ सोमबारदेखि नेपाल भारत सिमामा अलपत्र परेका नेपालीहरुलाई ल्याउन शुरु गरिने भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीको उपस्थितिमा जिल्ला समन्वय समिति झापाको संयोजनमा बसेको बैठकलदे यस्तो निर्णय गरेको हो । सिमा क्षेत्रमा करिब १ हजार नेपाली रहेकाछन् ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार आवश्यक सम्पूर्ण सुरक्षा उपाय अपनाएर सिमामा अलपत्र नेपालीहरुलाई ल्याईने निर्णय भएको छ । जिल्ला भित्रकाहरुलाई यहिको क्वारेन्टाइनमा राखिने र बाहिरकाहरुलाई स्वास्थ्य परीक्षण गरेर कोरोना संक्रमण नपाईएको अवस्थामा सम्बन्धित जिल्लामा पुर्याउने पनि बताईन्छ ।

कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका संयोजक समेत रहेका पोर्तेलका अनुसार जिल्ला स्तरीय क्वारेन्टाइन र पालिकाका क्वारेन्टाइनहरुमा राख्नका लागि आवश्यक तयारी र पहलहरु भइरहेकाछन् । सरोकारवाला निकायहरुसंग समन्वय पनि शुरु भएको छ ।

हामीले आज देखि नै सिमामा अड्किएका नेपालीहरुलाई ल्याउनका लागि आवश्यक प्रक्रिया शुरु गरेका छौ, पोर्तेलले भने । दूइदिन भित्रमा उनिहरुलाई ल्याउन शुरु गरिने पनि बताईन्छ । शुरुवातमा मेची नगर नगरपालिकाको नाँकाबाट नेपालीहरुलाई ल्याईने जनाईएको छ ।