२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापामा फेरी एकजनामा कोरोना पोजेटिभ देखिएको छ । यो संगै झापामा सक्रमितको संख्या ३ पुगेको छ । संक्रमित झापाको कचनकवल गाउँपालिका वडा नं ६ बनियानीका २३ बर्षीय पुरुष रहको जिल्ला जन स्वास्थ्य कार्यालय श्रोतको भनाई छ । उनि केही दिन अघि मात्र भारतबाट आएका ब्याक्ति रहेको बताईन्छ ।

संक्रमित ब्यक्तिलाई उपचारका लाथि कोशी कोभिड उपचार केन्द्र लगिएको छ । यसअघि झापाका दमक ३ र बाह्रदशीका २ ब्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । त्यसपछि कसैमा पनि कोरोना संक्रमण देखिएको थिएन ।
नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा गरिएको प्रयोगशाला परीक्षणका क्रममा बाँकेमा ४७ जना र अन्माय जिल्लामा ६ जना गरी ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । आज मात्रै मोरङ रतुवामाई नगरपालिकाका एक युवकमा पनि कोरोना पुष्टि भएको थियो ।