२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमक नगरपालिकाले जिल्ला स्तरीय कोरोना भाईरस रोकथाम तथा नियन्त्रण समन्वय समिति, झापाको निर्णय अनुसार दमक नगरपालिका भित्र पनि सोहि निर्णय लागु गराउन नयाँ सूचना जारी गरेको हो ।

सूचनाः

मिति २०७७ जेठ ०३ गतेको जिल्ला स्तरीय कोरोना भाईरस रोकथाम तथा नियन्त्रण समन्वय समिति, झापाको निर्णय अनुसार दमक नगरपालिका भित्र तपशिल अनुसार पसल व्यवसाय खोल्न पाइने व्यहोरा जानकारी गराइएको छ ।

  • जोर गतेका दिन विहान ०८:०० बजे देखि दिउँसो १२:०० बजे सम्म खाद्यान्न, फलफुल तथा तरकारी पसलहरु मात्र संचालन गर्न पाइने छ ।
  • बिजोर गतेका दिन बिहान ०८:०० बजे देखि १२:०० बजे सम्म निर्माण सामाग्रीका पसल र मर्मत ग्यारेजहरु मात्र संचालन गर्न पाइने छ ।
  • कृषि भण्डार प्रत्येक दिन विहान ८:०० बजे देखि बेलुका ५:०० बजे सम्म मात्र संचालन गर्न पाइने छ ।
  • दुध तथा औषधी पसलहरु पूर्व निर्णयानुसार संचालन गर्न पाइने छ ।
  • अन्य पसल व्यवसायहरु संचालन गर्न पूर्ण रुपले रोक लगाइएको छ ।

घरभित्रै बसौ

कोरोना भाइरसबाट आफु पनि वचौ

अरुलाइ पनि बचाऔ ।

दमक नगरपालिका