झापामा आजै थपिए ९ जना कोरोना पोजेटिभ
दमक/ झापामा एकैदिान ९ जना कोरोना पोजेटिभ संक्रमित बिरामी फेला परेको बताईएको छ । कचनकवलमा मुम्बइबाट आएका एक युवामा कोरोना पोजेटिभ भेटिएपछि उनको सम्पर्कमा आएकाहरुको जाँच गर्ने क्रममा थप ९ जनामा कोरोना पोजेटिभ भेटिएको जनाईएको छ । नागरिक दैनिकको अनलाईन संस्करणले प्रदेश १ मा मंगलबार ११ जना कोभिड १९ संक्रमित थपिएको र त्यसमा झापाको ९ जना रहेको समचार लेखेको छ ।
