२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापामा मंगलवार विहान अप्रत्याशित रुपमा ९ जना कोरोना संक्रमित पुष्टि भएको समचार बाहिरिएपछि यसले जिल्लास्थित सबैको ध्यान केन्द्रित गरेको छ । लकडाउन खुकुलो भएको र झापामा जोखिम बढेको बारम्बार बताइरहदा कोरोना संक्रमितको ग्राफ ह्वात्तै बढेको छ ।

सोमबार १ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि उनको सम्पर्कमा आएका र उनिसंग भारतबाटबट आएका ३३ जनाको स्वाब परीक्षणमा ९ जनाको पोजेटिभ आएको बताईन्छ । उनी लुकछिपि नेपाल आएका थिए । मुम्बइबाट केहिदिन अघि मात्र उनि घर आएको बुझिएको छ ।

जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति झापाका सभापति सोमनाथ पोर्तेलले सिमामा रहेका नेपालीहरुलाई सुरक्षित रुपमा ल्याएर क्वारेन्टाइनमा नराख्दा अवस्था खतरातर्फ उन्मुख हुँदैछ । उनिहरु लुकिछिपि आफ्नो घर आइरहेकाछन् र यसले जोखिम बढेको छ , उनले भने ।

झापामा सोमबार १ जना र मंगलवार ९ जनामा कोराना संक्रमण देखिएको कारण खोज्दा पनि यहि भएको पनि बताईएको छ । यसका साथै निर्माण ब्यवसायीहरुले समेत भारतीय कामदारहरु बोलाएर काम लगाइरहेको बताईन्छ । यसको सोधिखोजि हुन सकेको छैन ।

https://www.facebook.com/111200363764128/videos/738523166965126/?t=1