२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

नेपालमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा विभिन्न जिल्लामा गरी २७ कोरोना संक्रमित थपिएको जानकारी दिइएको हो।

यो सहित नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। उनीहरु २७ देखि ४२ वर्षका रहेको डा देवकोटाले जानकारी दिए। ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन्।

उनका अनुसार आज थप भएका जिल्लामा झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी २७ जना थपिएका हुन्। सोमबार १ जना, मंगलवार ९ जना गरेर झापामा नयाँ १० जनामा कोराना संक्रमण भेटिएको छ । यसभन्दा अघि दमक र बाँहदशीमा एकएकजनामा कोरोना संक्रमण भेटिएको थियो । उनिहरु उपचारपछि घर फर्केकाछन् ।