दमक सहित झापामा भारतीय फलफुल र तरकारी ल्याउन छिटो रोक लगाउ, निर्माणको काममा भारतीय ल्याउन बन्द गर
विष्णुप्रसाद पोखरेल
दमक/ दमक सहित झापामा भारतीय शब्जि आउन छाडेको छैन । भारतबाट आएका १० जना झापालीमा कोरोना संक्रमण पुष्टि भएसंगै अब भारतबाट आउने जो कोहिमाथि पनि शंका गर्ने ठाँउ बनेको छ । भारतमा कोरोनाको महामारी रहेको छ । तर अचम्म छ भारतबाट निर्वाध रुपमा फलफुल तथा तरकारी भित्रिरहेको छ । लुकिछिपी मानिसहरु पनि आइरहेकाछन् ।
स्थानीय तह अर्थात स्थानीय सरकारको अधिकारक्षेत्र भित्र रहेको छ स्थानीय आफ्नो पालिकालाई सुरक्षित राख्न उपाय के र कस्तो अपनाउने ? तर संघीय सरकार, प्रदेश सरकार र जिल्लालाई देखाएर उम्कने गरी आफ्नै योजना तथा कोरोना संक्रमण रोक्न कार्ययोजना देखिदैन ।
सरकारले निर्माणको काम रोक्ने भनेपछि ति निर्माणमा कामदार कहाँबाट आएकाछन् ? कसरी आए ? कहाँ अनुगमन भएको छ । अनि काम लगाउदा र विकास योजना शुरु गर्दा अनिवार्य मजदुरलाई क्वरेन्टाइनमा राखिने भनिएको छ तर कहाँ कति क्वारेन्टाईन बने ? जवाफ सरोकारवा निकायहरुसंग छैन ।
जाँच नभएकाले रोग छैन भनेर मख्ख नपरे हुन्छ । दमक सहित हरेक पालिकाहरुमा स्वाब परीक्षणको दायरा बढाउनुपर्छ । शब्जि बजारमा काम गर्ने मजदूरदेखि बिक्री गर्ने ब्यापारीसम्मको स्वाब परीक्षण गरिनुपर्दछ । हचुवामा रोग नै छैन भनेर बस्नु कति उचित होला ?
