कस्ले हेर्ने ? दमकमा खुलेका पसल अगाडि न हात धुने साबुनपानी छ नत ह्याण्ड सेनिटाइजर नै
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा लकडाउनको अवज्ञा गर्ने क्रम बढेको छ । जोर बिजोर नियम पालना भएको छैन । त्यतिमात्र होइन अधिकाँश पसल अगाडि न हात धुने साबुनपानी छ नत ह्याण्ड सेनिटाइजर नै राखेको पाईन्छ । स्थानीय सरकार, जिल्ला समन्वय समिति र सरकारले न्यूनतम स्वास्थ्य मापदण्ड पुरा गरेर तोकिएको पसल खोल्न सकिने उल्लेख गरिएको छ ।
दमकमा लकडाउन पालना गर्न सबैभन्दा अटेर भएको भन्दै आलोचना हुँदै आएको छ । बारम्बा रुपमा लकडाउनलाई कडाई गर्नु पर्ने र मापदण्ड पालना भए नभएको अनुगमन गर्न पनि माग उठ्दै आएको छ । यद्यपी दमकमा कतिपय ब्यापारीहरुले नै जब्बर पन देखाइरहेकाछन् ।
दमक नगरपालिकाका अगाडि गेट देखि हनुमानमन्दिरसम्म, फर्निचर लाइन लगायतका मुख्य ठाँउहरु प्रायजसो खुलै रहने गरेकाछन् । कहि कसैले पनि पसल अगाडि उपभोक्ता तथा ग्राहलाई लक्षित गरेर हात धुने ब्यवस्था तथा सेनिटाइजरको बन्दोबस्ति गरेकाछैनन् ।
सामाजिक दुरी कायम राख्नु पर्ने, पसलमा रहदा माक्स तथा ग्लोब्स अनिवार्य लगाउनु पर्ने, हात धुने वा ह्याण्ड सेनिइटाजरको ब्यवस्था हुनुपर्ने लगायतका न्यूनतम मापदण्डहरु पालना गर्न सरकारले बारम्बार ब्यवसायीहरुलाई आग्रह गरेको छ । तर कतिपय ब्यवसायीहरुले यसलाई पालना गरेकाछैनन ।
नगर प्रहरी र प्रहरीको भेन आउँदा बन्द गर्ने र भेन कट्नसाथ आधा सटर खोल्ने गरेको पाईएको छ । जोर गतेका दिन खाद्यन्न र बिजोर गतेका दिन अन्य तोकिएका पसलहरु खोल्न पाईने जिल्लास्तरीय निर्णय झापामा रहेको भएता पनि यसको कार्यन्वयन हुन सकेको छैन ।
