कोभिड १९ को निशुल्क परीक्षण हुन्छ, गलत प्रचार बाट प्रभावित नबनौ-हिक्मत कार्की
दमक/ सरकारले स्वास्थ्य मापदण्ड अनुसार स्थापित तथा प्रमाणित ल्यावहरुमा कोभिड १९ को निशुल्क परीक्षण गर्ने प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीले बताएकाछन् ।
उनले गलत प्रचारबाट प्रभावित नबन्न पनि आग्रह गरेकाछन् । सामाजिक सञ्जालमा कोभिड १९ परीक्षणका लागि सरकारले १५ हजार रुपिया तोकेको भन्दै चर्को विरोध हुँदै आएको छ ।
यसको पक्ष र बिपक्षमा बहस भइरहेको छ । मन्त्रि कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-सरकारले स्वास्थ्य मापदण्ड अनुसार स्थापित,प्रमाणित ल्याबहरुमा Covid-19 को नि:शुल्क परिक्षण गर्छ। गलत प्रचार बाट प्रभावित नबनौ।
स्वईच्छिक रुपमा जाँच गराउनेका लागि सरकारले निर्देशिका जारी गर्दा यो बिषय समावेश गरेको अवस्थामा गलत प्रचार भएको भन्दै सचेत हुन पनि आग्रह गरिएको पाईन्छ ।
