झापामा खतराको घण्टि ! भारतबाट भर्खरै आएका थप ५ जनामा कोरोना पोजेटिभ
विष्णुप्रसाद पोखरेल
दमक/ झापामा भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थप ५ जनामा कोरोना संक्रमण फेला परेको छ । कचनकवलमा रहेको क्वारेन्टाइनबाट लगिएका स्वाब परीक्षणको नमुनामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ । उनिहरुको विस्तृत ठेगना भने खुलाईएको छैन ।
यसभन्दा अघि कचनकवलका नै १० जनामा कोराना संक्रमण फेला परेको थियो । उनिहरु शनिवार भारतबाट नेपाल आएकाहुन् । यो संगै कचनकवलमा मात्र १५ जना कोरोना संक्रमित पुष्टि भएको छ । सबैको उपचार कोभिड अस्पताल विराटनगरमा हुने बताईएको छ ।
उक्त गाँउपालिकाका ५ वटा वार्डहरु शिल भएकाछन् । भारतसंग सिमा जोडिएका सबै वार्डहरु शिल गरिएको बताईएको छ । मंगलवार प्रदेश सभा सदस्य बसन्त बाँनिया, झापाका प्रमुख ंिजल्ला अघिकारी लगायतले संक्रमण भएको क्षेत्रमा पुगेर आवश्यक सावधानी अपनाउने बिषयमा छलफल गरेका गिए ।
मंगलवार र बुधबार पनि झापाका बिभिन्न गाँउपालिकामा २ सय ५० भन्दा बढि नेपाली भारतबाट आएकाछन् । केहि दिन अघिदेखि निर्माण क्षेत्रमा लुकिछिपी भारतीय कामदारहरु आएको पनि अपुष्ट रुपमा आवाज उठिरहेको छ । तर स्थानीय तहहरुमा स्वाब परीक्षण जुन रुपमा हुनु पर्ने हो त्यो नभएको पनि आवाज उठ्दै आएको छ ।
प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा गरिएको परीक्षणमा धनकुटामा १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि भएको बताईन्छ । जाँचको दायरा बढेका कारण संख्या बढेको पनि जनाईएको छ ।
