२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ असहाय मानव सेवा समाज दमकले केहि दिन अघि देखि सडकमा मानसिक सन्तुलन गुमाएर बसेका तथा अन्य भेटिएका असाहयहरुलाई खाना ख्वाउने अभियान शुरु गरेको छ । मानवीय सेवामा समर्पित रहने उदेश्यले खोलिएको समाजले यस्ता मानिसहरुलाई खोजिखोजि खाना ख्वाउने गरेको बताईएको छ । दैनिक ४० जनाभन्दा बढिसम्मलाई खाना ख्वाउन थालिएको जनाईएको छ ।

समाजका पदाधिकारी तथा सदस्यहरुले घरबाट खाना तयार पारेर स्वयंसेवी रुपमा उनिहरु जहाँ जस्तो अवस्थामाछन् त्यस्तै अवस्थामा त्यस्तै अवस्थामा पुर्याएर दिने गरेको संस्थाकी अध्यक्ष चेतना निरौलाले बताएकीछन् । अहिले बिभिन्न दमकका ठाँउहरुबाट खबर पनि आउन थालेको उनले जनाईन् ।

संस्थाकी पदाधिकारी सीता दुलाल उप्रेतीका अनुसार बिभिन्न दाताहरुबाट प्राप्त सहयोग र आफुहरुको समेत लगानीमा यो अभियान शुरु गरिएको हो । लकडाउन अवधिभर हामी कसैलाई पनि भोकै बस्न नदिने संकल्पका साथ यो अभियान शुरु गरेकाछौ, उनले भनिन् ।