मध्यरातमा भारतको सिमामा अलपत्र परेकाहरुलाई ल्याईयो दमकको क्वारेन्टाइन, दमकका स्वास्थ्यकर्मी योद्धाहरु खटिदै
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमक सहित देशका बिभिन्न भागका नेपालीहरुलाई मध्यरातमा दमकको क्वारेन्टाइनमा ल्याएर राखिएको छ । उनिहरु सिमामा केहि दिन अघिदेखि अलपत्र अवस्थामा रहेका थिए । उद्धारको पर्खाइमा रहेका उनिहरुलाई बुधबार राती उद्धार गरिएको हो ।
दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्रि बराल, हेल्थ असिस्टेण्ड कुवेर भट्टराई त्यहाँ खटिरहेकाछन् । त्यहाँ रहेका बरालका अनुसार क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । भोलीबाट आवश्यक जाँच लगायतको प्रक्रिया शुरु हुनेछ ।
मदन भण्डारी स्मृती प्रतिष्ठानको सिएमए कलेजमा र मानसरोवर कलेजमा गरेर १ सयभन्दा बढिलाई राखिएको उनले जनाए । बरालका अनुसार ५९ जना महिला र ५५ पुरुया क्वारेन्टाइनमा रहेकाछन् । उनिहरुलाई बस्न तथा खानाको बन्दाबस्त गरिएको छ । कुनै पनि अभाव हुन नदिने प्रयत्नमा लागेका छौ, बरालले भने ।
साँझसम्म दमक ल्याईने कुनै जानकारी नभएपनि एक्कासी खबर पाएपछि बराल सहितको स्वास्थ्यकर्मी टोली क्वारेन्टाइन स्थल पुगेको थियो । कसैमा स्वास्थ्य समस्या भए तत्काल स्वास्थ्य संस्था पुर्याउने वा अन्य गर्ने सकिन्छ त्यो गर्न हामी तयारीमा छौ, बरालले भने ।
मध्यरातमा भारतको सिमामा अलपत्र परेकाहरुलाई ल्याईयो दमकको क्वारेन्टाइन, दमकका स्वास्थ्यकर्मी योद्धाहरु खटिदै
Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Wednesday, 20 May 2020
