२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापामा थप १० जनामा कोरोना पोजेटिभ फेला परेको छ । थपीएका नयाँ कोरोना संक्रमण भेटिएकाहरु पनि झापा कचनकवलका नै रहेकाछन् ।

प्रादेशिक प्रयोगशाला, कोभिड अस्पताल विराटनगर र धरानमा पीसीआर परीक्षण गरिएकाहरु मध्ये १७ जनामा कोरोना पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पुष्टि गरेको छ ।

यसमा झापाकामात्र १५ जना रहेकाछन् । ५ जनामा संक्रमण देखिएको यसअघि नै बुधबार अपाहन्ह सार्वजनिक भएको थियो । थप १० जनामा पनि कोरोना पोजेटिभ देखिएको र झापामा कोरोना संक्रमण हुनेको संख्या २७ पुगेको छ ।

पछिल्लो समयमा झापामा एकपछि अर्को गर्दै कोरोनाका विरामीहरु फेला पर्ने क्रम बढेको छ । कोरोना पोजेटिभ भेटिएकाहरु १८ बर्षदेखि ४६ बर्ष उमेर समुहका हुन् ।

उनिहरु कचनकवकल वडा नं. ३, ६ र ८ का हुन् । कचनकवल गाँउपालिकाले सम्भावित जोखिम न्यूनिकरणका लागि गाँउपालिका सिल गरिसकेको छ ।