लकडाउन पालना नगरी अटेर गर्दा बिर्तामोड नगर सिल गर्नु पर्ने अवस्था आयो-मेयर ध्रुवकुमार शिवाकोटी
विष्णुप्रसाद पोखरेल
दमक/झापा बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले लकडाउनको अवज्ञा गरेर सडकमा भिड बढाउने, भारतीय शब्जि आइरहने क्रम रहेको र लुकिछिपी भारतबाट समेत असुरक्षित रुपमा नेपालीहरु आउने क्रम बढेपछि नगर सिल गर्नु पर्ने अवस्था आएको बताएकाछन् ।
जतिसुकै लकडाउन कडा गर्न आग्रह गर्दा पनि चोक बजारमा भेला हुने क्रम नरोकिएको मेयर शिवाकोटीले जनाएकाछन् । यो नगरबासीकै सुरक्षाका लागि गरिएको निर्णय हो, उनले भने । बिर्तामोड झापाको प्रमुख ब्यापारीक केन्द्र हो ।
लुकिछीपी भारतमा रहेका नेपाली तथा भारतीय समेत आएको नगरपालिकालाई सूचना आएपछि नगरपालिकाले यस बिषयलाई गम्भिरताका साथ लिएको पाईएको छ । झापाको केन्द्र विन्दु भएकाले सबै यहि ठोकिन सक्ने भएकाले समयमा नै सचेत हुनु पर्ने देखियो, मेयर शिवाकोटीले भने ।
झापाको बीच भाग पर्ने भएकाले सबैतिरबाट यहाँ आएर मानिसरहरु ठोकिने भएकाले सम्भावित जोखिम कम गर्न बिर्तामोड नगरपालिकाको बोर्ड बैठकले विहिबार राती १२ बजेदेखि लागु हुने गथरी नगर सिल गर्ने निर्णय बुधबार गरेको हो, शिवाकोटीको भनाई छ ।
