२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापामा कोरोना जाँचको क्रममा क्वारेन्टाइनमा रहेका १५ जनामा आरडिटी पोजेटिभ देखिएको बताईएको छ । भारतबाट उद्धार गरेर मेचीनगरको क्वारेन्टाइनमा राखिएकाहरुको आरडिटी परीक्षणमा १५ जनामा कोरोना पोजेटिभ देखिएको र स्वाब परीक्षणका लागि पठाईएको जनाईएको छ ।

काँकरभिट्टा माविको होल्डिङ सेन्टर, धाइजनको स्वास्थ्य चौकी र इटाभट्टाको आदर्श मावि क्वारेन्टाइनमा भारतबाट आएर बसेका नेपालीहरुको आरडिटी परीक्षण हुँदा १५ जनामा एण्टीबढी पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालय श्रोतले जनाएको छ ।