अब झापामा नै कोरोना संक्रमण पत्ता लगाउने पिसिआर जाँच र कोरोना पोजेटिभ बिरामीको उपचार
विष्णुप्रसाद पोखरेल
दमक/ झापामा नै कोभिड १९ को उपचा।रका लागि अस्पताल निर्माणको अन्तिम टुंगो लागेको छ । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको निर्माणाधिन भवनलाई कोभिड अस्पतालको रुपमा प्रयोगमा ल्याईने गरी तयारी शुरु भएको पाईएको छ । दूइदिन अघि प्रदेश १ सामाजिक विकास मन्त्रिले उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारमा सिफारीस गर्नका लागि निर्देशन दिएका थिए ।
कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समिति झापाको पहलमा सम्भावित क्षेत्रको पहिचानका लागि कसरत भएको थियो । मेची अञ्चल अस्पतालको निर्माणाधिन भवन नै उपयुक्त ठहरिएको जनाईएको छ । निर्माणाधिन भवन केहि दिनमा नै अस्पतालका लागि तयार हुने देखिएको छ, समितिका संयोजक सोम पोर्तेलले भने ।
शंकाश्पद तथा अहिले क्वारेन्टाइनमा रहेकाहरुको स्वाब परीक्षण र कोरोना संक्रमण भएका विरामीको उपचार झापामा नै मिलाउनका लागि प्रयत्न हुँदै आएको थियो । झापामा पछिल्लो पटक कोरोना पोजेटिभ देखिएका ३३ जनालाई बिराटनगर र धरानमा रहेको कोभिड अस्पतालमा उपचारका लागि लगिएको छ ।
यसभन्दा अघि दमक र बाह्दशी गाँउपालिकाका कोरोना संक्रमित बिराटनगरमा उपचार पाएर निको भएर फर्किसकेकाछन् । झापामा क्वारेन्टाइनमा रहेका भारतबाट आएका १ हजारभन्दा बढिको कोरोना जाँच हुँदैछ । कोरोना नदेखिएकालाई सम्बन्धित ठाँउमा पठाउने र देखिएकालाई उपचार गर्ने रणनीति प्रदेश सरकारको रहेको छ ।
प्रदेश सभा सदस्य बसन्त बाँनियाका अनुसार यसको गाइडलाइन तयार पारेर अस्पतालको निर्माणाधिन भवन प्रयोग गरिने र प्रयोगशाला मेची अञ्चल अस्पतालभित्र रहेको अर्को भवन प्रयोग गरिने निर्णय भएको छ । झापा कोरोनाको उच्च जोखिममा रहेकाले यसका लागि हामीले पहल गरेका हौ, उनले भने ।
