२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापामा फेरी एकजनामा कोरोना पोजेटिभ देखिएको छ । झापा गाउँपालकािकाको डिल्लीराज माविमा राखिएका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ ।

यो झापामा १५ पालिकामध्ये कोरोना देखिएको चौधो गाँउपालिका हो । यो संगै जिल्लामा एकसाताको अवधिमा कोरोना पोजेटिभ देखिएको ३४ औ ब्याक्ति हुन् ।

यसभन्दा अघि कचनकवलका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । एक महिना अघि दमकका एकजना र बाह्दशीका एकजनामा कोरोना पोजेटिभ देखिएको थियो ।

उनिहरु दुबैजना उपचारपछि निको भएर घर फर्केकाछन् । क्वारेन्टाइनमा रहेकाहरुको जाँच तिब्र रुपमा अघि बढाउन माग हुँदै आएको छ ।