२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/  जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं एसपी कृष्ण कोइरालाले सिमामा कडा निगरानी र सिमामा रहेका नेपालीहरुलाई सुरक्षित तवरले ल्याएर क्वारेन्टाइनमा राखिएकाले समुदायमा जोखिम कम भएको बताएकाछन् । प्रहरीहरु न घाम न झरी अहोरात्र खटिएकाछन् र सिमाबाट लुकिछिपी आउने क्रम पनि त्यस्तो छैन, उनले भने ।

१ सय ४४ किलोमिटर लामो खुला सिमा रहेका कारण कहि कतैबाट आक्कलझुक्कल मानिसहरु छिरेको पाईए त्यो जानकारी दिन आग्रह गर्दै सबैको प्रयास र सावधानीबाट मात्र केरोना विरुद्धको लडाई जितिने उनले जनाएकाछन् । हामीले सिमामा समिति बनाएर पनि सिमा निगरानीलाई प्रभावकारी बनाएका छौ, उनले भने ।

सिमा सिल हुँदाहुदै मानिसहरु भित्रिएको र खतरा भएको भन्दै भ्रम छर्ने तथा समुदायलाई आंतकीत पार्ने कार्य नगर्न उनको आग्रह रहेको छ । यदि कोहि कहि छिरेको रहेछ भने तत्काल हामीलाई खबर आउने किसिमले तयारीहरु गरेका छौ र समुदायको पनि सहयोग लिएका छौ, कोइरालाले भने ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले सिमना सिल गर्ने घोषणा गरेसंगै सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले जोखिम मोलेर नै बसेको सबैले देखेको उनले जनाए । सिमामा रहेका नेपालीहरुलाई सुरक्षित तवरले ल्याएको र जाँचपछि उनिहरुको गन्तब्यसम्म पुर्याउन पनि सहजीकरण गरिरहेको उनले बताएकाछन् ।

करिब १४ सयलाई सुरक्षित रुपमा ल्याईएको उनको भनाई छ । यो त्यति धेरै सहज थिएन तर सबैको साझा प्रयासले सम्भव भयो, उनले भने । कोरोना संक्रमण फैलन नदिन हरेकको भूमिका महत्वपुर्ण हुने भन्दै झापा प्रहरीले गर्न सक्ने काम र अपनाउनु पर्ने उपाय सबै अपनाउने पनि उल्लेख गरे ।