२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको सरस्वती माबिमा यो बर्ष पढाई नै शुरु नभएपनि गतबर्ष लगाएको पुस्तक विस्थापित गर्दै नयाा पुस्तक लगाएको बताईएको छ । गतबर्षभन्दा अहिलेको पुस्तकको मूल्य दोब्बर भन्दा पनि बढि रहेको अभिभावहरुले बताएकाछन् । विद्यालयका प्रधानअध्यापक, बिषयगत शिक्षक र पब्लिकेसनहरुको मिलेमतोमा पुस्तक परिवर्तनको खेल नयाँ शैक्षिक शत्र शुरु हुनसाथ हुँदे आएको छ । यहाँ पनि यस्तै भएको हुनसक्ने बताईन्छ ।

विद्यालयका प्रधानअध्यापक नरबहादुर थापा सहित बिषयगत शिक्षकहरुको जोडवलका कारण पाठ्यपुस्तक परिवर्तन भएको बताईन्छ । पाठ्यपुस्तक परिवर्तनको बिषयमा विद्यालय ब्यवस्थापन समितिको बैठक पनि बसेको छैन । एक ब्यवस्थापन समितिका सदस्यका अनुसार यदि साच्चै पुस्तक परिवर्तन गर्नुृ पर्ने भएको भए ब्यवस्थापन समितिको बैठकमा यो कुरा ल्याउनु पथ्र्यो त्यस्तो भएको पाईएको छैन ।

नेपाली मिडियमका पुस्तकहरु जनकशिक्षा सामाग्रिकै लगाईएको छ र अग्रेजी माध्यमबाट पढाइने पुस्तक परिवर्तन गरिएको प्रधानध्यापक थापाले स्वीकार गरेकाछन् । बिषयगत शिक्षकहरुले नै गतबर्ष लगाएको पुस्तकमा धेरै कुरा समावेश नभएको भनेपछि पब्लिकेसन तोकेर नयाँ पुस्तक किन्न भनिएको हो, उनले भने । जुनसुकै पुस्तकपसलबाट नै उक्त पब्लिकेसनको पुस्तक किन्न बिद्यार्थी तथा अभिभावकलाई छुट रहेको उनको भनाई छ ।

किन पब्लिकेसनको नाम नै तोकियो ? र ब्यवस्थापन समितिमा किन निर्णय भएन ? भन्ने प्रश्नमा उनले यो गरेको भए राम्रो ह्ने आफुले पनि अहिले आएर ब्झेको जनाए । मैले कमिसन लिएर यो गरेको होइन र छैन, उनले भने । पछिल्लो समयमा सामुदायिक विद्यालयहरुले आफुखुसि नीजि पब्लिकेसनको पुस्तकहरु किन्न विद्यार्थीहरुलाई भन्न थालेको पाईएको छ । यस बिषयमा नगरपालिका लगायत सरोकारवाला निकायहरुको ध्यान जान आवश्यक छ ।