दमकमा स्वयंसेवी भावानाबाट शुरु भएको भोकालाइ भोजनको अभियान प्रभावकारी
विष्णुप्रसाद पोखरेल
दमक/ असहाय मानव सेवा समाज दमकले शुरु गरेको भोकालाइ भोजनको अभियान प्रभावकारी बनेको छ । ७ औ दिन आइतवारमात्र ५६ जनालाई खाना ख्वाईएको अभियानकी अगुवा सीता उप्रेतीले बताईन् ।
बिभिन्न दाताहरुको सहयोगमा खाना तयार पारेर उनिहरु सडकमा जहाँछन् त्यहाँ लगेर खाना दिईदै आएको छ । अभियानले दमकमा त्यस्ता ब्याक्तिहरु सडकमा देखिए खबर गर्न र त्यहाँ आफुहरु खाना लिएर आइपुग्ने बताएकाछन्
अभियानकर्मी चेतना निरौलाका अनुसार खाना, पानी लगायत भोक र तिर्खा मेटाउने गरी ख्वाउने गरिएको छ । पछिल्लो समयमा यस्ता असाहय र भोकाहरु देखेपछि फोन आउने क्रम पनि शुरु भएको उनले जनाएकीछन् ।
लकडाउन अवधिभर यो अभियान चलाइने उनको भनाई छ । लकडाउनमा कोहि पनि भोको नरहुन भन्ने हाम्रो उदेश्य हो, उनले भनिन् ।
असाहयहरुको रेखदेखका लागि करिब ६ महिना अघिदेखि यो संस्था सक्रिय रहेको थियो । अहिले नामजस्तै असाहयको क्षेत्रमा काम पनि शुरु गरेको छ ।
अहिले संस्थामा आवद्धहरु स्वयंसेवी भावानाका साथ विहानदेखि आफै खाना बनाउदै जहाँ असाहय र भोकाहरु भएको देख्छन् त्यहाँ खान पुर्याउछन् ।
