२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापा दमकका लायन्स लिडरहरुको अगुवाईमा दमक सहित मोरग र काठमण्डौको समेत लायन्सको संयुक्त प्रयासमा झापाको सिमनामा शसस्त्र प्रहरीका लागि अस्थाई सुरक्षा पोष्ठ निर्माण गरिदिएकाछन् । हावाहुण्डरी आँउदा र पानी पर्दा त्रिपाल समातेर बस्नु पर्ने बाध्यतामा रहेका सुरक्षाकर्मीहरुलाई लायन्सहरुको संयुक्त पहलमा करिब ४ लाख खर्चेर अस्थाई प्रहरी पोष्टहरु निर्माण गरेर हस्ताण्तरण गरिएको यो कार्यक्रम सम्पन्न गर्न बनेको समितिका संयोजक प्रकाश प्रसाईले बताए ।

लायन्सका नव निर्वाचित प्रथम भिडिजि रेवतबहादृुर कार्कीले यो कार्य अत्यन्त राम्रो भएको भन्दै यो कार्यका लागि सोच ल्याउने दमकका लायन्स लिडरहरुप्रति आभार प्रकट गरे । यो अभियानलाई डिस्ट्रिक तथा अन्य क्लवहरुसंग जोडल दमकका लायन्स लिडर बिमल शर्माको महत्वपुर्ण भूमिका रहेको भन्दै यस्तो कार्यक्रममा सहभागि हुन पाँउदा गर्व लागेको जनाए ।

शसस्त्र प्रहरीका डिएसपी सुमन पोखरेललाई निर्माण गरिएका संरचनाहरु हस्ताण्तरण गरिएको थियो । प्रदेश १ का उधोग पर्यटन,बन तथा वातावरण राज्य मन्त्री बिजय विश्वास पनि सिमा अनुगमनको क्रममा आएका थिए । उनी पनि कार्यक्रममा सहभागि बने ।
दमकको सबैभन्दा पु्रानो लायन्स क्लव अफ माउण्ट एभरेष्टका अध्यक्ष मनोज अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स लिडर बबरजंग थापा, लायन्स क्लव अफ लखनपुरका अध्यक्ष ज्ञानु पौड्याल लगायतले बोलेका थिए । निर्माण खर्च विश्वासकुमार काश्यले जानकारी गराए ।

झापामा सिमामा सुरक्षाकर्मीको बिजोक देखेर लायन्स क्लबहरुको सयोग । ७ वटा पोस्ट हस्तान्तरण

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Monday, 25 May 2020