झापामा सिमाबाट सुरक्षित तवरले उद्धार गरेर राखिएकाहरुलाई कोरोना जाँच गरेर घर पठाईदैछ-एसपी कृष्ण कोइराला
विष्णुप्रसाद पोखरेल
दमक/ कोरोना संक्रमणले भारतमा भयाभह अवस्था देखिन थालेपछि र लकडाउनले दैनिक गुजारा टार्न समस्या भएपछि घर फर्कने क्रममा सिमामा रोकिएकाहरुलाई झापामा सुरक्षित तवरले ल्याएर होल्ड एरिया र क्वारेन्टाइनमा राखिएको छ । १५ सयभन्दा बढिलाई झापा ल्याईएकोमा प्रारम्भिक परीक्षणपछि ९ सयभन्दा बढिलाई सम्बन्धित जिल्लामा पठाईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले बताएकाछन् ।
बाँकीलाई पनि पिसिआर परीक्षणको रिर्पोट आएपछि पठाउने तयारी रहेको छ, उनले भने । उनका अनुसार क्वारेन्टाइनमा रहेकाहरुलाई आवश्यक मापदण्ड पुरा गरेर राख्न भने चुनौती रहेकाले यसलाई ब्यस्थित गरिनु पर्ने आवश्यक रहेको पनि औल्याएकाछन् । अब हामीले क्वारेन्टाइनमा रहेकाहरुलाई जोखिपुर्ण तरिकाले राख्न सक्नुपर्दछ, उनले भने ।
सिमामा थप कडाई गर्नका लागि प्रहरी पोष्टहरुलाई दर्बिलो बनाउन जस्तापाताहरु उपलब्ध गराउने लगायतका कामहरु पनि भइरहेको उनले बताए । त्रिपालको विकल्पमा कतिपय पोष्टहरुमा जस्तापाता पठाउने काम पनि भइरहेको छ, उनले भने । सिमामा अलपत्र परेका र आउन चाहेका नेपालीहरुलाई सुरक्षित तवरले ल्याएर क्वारेन्टाइनमा राख्नका लागि हामी २४ सै घण्टा काम गरिरहेका छौ, उनले भनेकाछन् ।
बाहिर जिल्लाकाहरुलाई जाँच गरेर सम्बन्धित ठाँउमा पठाउन र यहाँकालाई जुन पालिकाकाहुन् त्यहिको क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाईएको छ । प्रदेश सरकारले यहाँबाट प्रदेशभित्रका जुनसुकै जिल्लाका भएपनि उनिहरुलाई परीक्षणपछि मात्र सम्बन्धित जिल्ला पठाउन निर्देशन दिएको पनि प्रहरी श्रोतको भनाई रहेको छ ।
जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा, स्थानीय सरकार लगायत सरोकारवाला निकायहरुको समन्वयमा एकसाता अघिदेखि भारतीय सिमामा नेपाल प्रवेस गर्ने पर्खाइमा बसेकाहरुलाई भित्र्याउन शुरु गरिएको थियो । यो क्रम अहिले पनि जारी नै रहेको छ ।
