जनप्रतिनिधि, सरकार र सबै राजकीय लाभका पद पार्टी जिम्मेवारी मात्र हुन् , जागिर र पैत्रिक सम्पत्ति होइनन्-रमेश गुरागाई
रमेश गुरागाई
कम्युनिस्ट पार्टीभित्र खासखास अवधीका निम्ति नेता तथा कार्यकर्ता र समर्थकसम्मको कार्यविभाजन गरिन्छ । जब निर्वाचन आउँछ, तब कामको नयाँ शाखा खुल्छ । त्यो हो उम्मेद्वारी। त्यो जिम्मेवारीमा पनि योग्य व्यक्ति खटाइन्छ । उसको जीतहारको आधार पार्टी हुन्छ र हुनैपर्छ । यदाकदा व्यक्तिले पनि भोट तान्छ भनिन्छ, कम्युनिस्ट पार्टीमा कमजोरीको शुरू बिन्दू त्यही हो ।
पार्टीको शक्तिको आधारमा जित्न पार्टी नै बनाएको हुनुपर्छ । पार्टीको हितमै काम गर्नुपर्छ । पार्टीले नै जनतालाई सेवा गरेको हुनुपर्छ । पार्टीले ने विश्वास जितेको हुनुपर्छ न कि कुनै व्यक्तिले मात्र ।
तब चुनावको जीत पार्टीको जीत हुन्छ । विजयी उम्मेद्वारले पार्टीको निर्णय अनुसार काम गर्छ । जितेपछि पनि आफूलाई पार्टीको कार्यकर्ता सम्झन्छ । जनताको सेवक ठान्छ । आफ्नो पदलाई फगत पार्टीले सुम्पेको जिम्मेवारी र जनताको तर्फबाट पार्टीले पाएको समर्थनको रूपमा बुझ्छ ।
अनि पटकपटक उम्मेद्वारी बन्नैपर्ने इच्छा जाग्न छाड्छ । त्यसपछि न पैसा, न कमिशन, न भ्रटाचार । केही जरूरी हुँदैन । देश बन्छ । जनताको स्तरोन्नति हुन्छ । क्रमश: समाजवाद, वर्ग अन्त्य, शोषण अन्त्य ….. हामी सबैलाई थाहै छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन् । जनप्रतिनिधि, सरकार र सबै राजकीय लाभका पद पार्टी जिम्मेवारी मात्र हुन् । जनसेवा गर्ने विशिस्ट मोर्चा हुन् । जागिर र पैत्रिक सम्पत्ति होइनन् ।
(गुँरागाई नेकपा झापाका युवा नेताहुन् ।)
