दमकमा पनि पुस्तकमा कमिसनको जालो, लकडाउनमा पनि अभिभावकको ढाड सेक्ने कोसिस
विष्णुप्रसाद पोखरेल
दमक/ स्थानीय सरकार यतिखेर कोरोना संक्रमण रोक्न सबै शक्ति प्रयोग गरिरहेको छ । अन्यत्र ध्यान दिन सकेको छैन । यता नीजि मात्र होइन सामुदायिक विद्यालयमा पनि पछिल्लो समयमा पुस्तकमा कमिसनको खेलोको बिषयहरु सार्वजनिक भएकाछन् । सरस्वती माविको बिषय बाहिर आएपनि अग्रेजी माध्यमबाट पढाइ हुने सबै सामुदायिक विद्यालयहरुमा अहिले कमिसनको प्रभाव रहेको केहि तथ्यहरु प्रभावकारी न्यूजमा प्राप्त भएको छ ।
नीजि पब्लिकेसन र विद्यार्थी नेताहरुले प्रलोभन देखाउने देखि लिएर पुस्तक विद्यालयमा नलगाए राम्रो नहुनेसम्मको चेतावनी दिएको पाईएको छ । केहि बर्ष अघिसम्म यस्तो हर्कत नीजि विद्यालयहरुमा मात्र हुँदै आएको थियो तर अहिलो यो सामुदायिक विद्यालयमा पनि शुरु भएको छ । दमकमा पनि यसको बेथिति देखिन शुरु गरेको छ ।
बर्षदिनको अन्तरमा पब्लिकेसन फेरेर नयाँ किताव किन्न लगाउने, आफै किताव किनेर दिने, पब्लिकेसनको र पुस्तक पसल तोकेर पुस्तक किन्न लगाउने कार्य दमकमा पनि हुँदै आएको छ । यसो गर्दा उपभोक्ता अर्थात उपभोक्ताले पुस्तकमा छुट पाउदैनन् । उक्त छुट र कमिसन जसले तोक्यो उसम्म पुग्ने गरेको छ ।
नगर शिक्षा अधिकारी दिनेश न्यौपानेका अनुसार सम्बन्धित बिद्यालयका बिषयथत शिक्षकले सरकराले तोकेको तथा स्वीकृत दिएको पब्लिकेसनका पु्स्तकहरु सिफारीस गर्न र प्रयोग गर्न पाउने अवस्था रहेको छ । यो कहि कसैबाट स्वीकृत गराउनु पर्ने अवस्था छैन ।
