झापामा कोभिड अस्पताल बन्ने कुरामा बिरोध नगरौ-सोमनाथ पोर्तेल
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको भद्रपुरमा मिर्नाणाधिन मेची अञ्चल अस्पतालको भवनमा कोभिड अस्पताल बनाउने निर्णयमा राजनीतिकरण हुन थालेको बताईएको छ । स्थानीयहरुले कोभिड अस्पताल यहाँ बनाउनु नहुने भन्दै विरोधको स्वरहरु आउन थालेपछि यसमा राजनीतिकरणको संकेत मिलेको बताईन्छ ।
कोरोना रोकथाम तथा अनुगमन जिल्ला समन्वय समिति झापाले यो निर्णय गरेको थियो । यसमा झापाका सबै राजनीतिक दलहरुको समेत प्रतिनिधित्व रहेको छ । समितिका संयोजक सोमनाथ पोर्तेलले यसको विरोधको सट्टा चाँडो अस्पताल निर्माणमा जुटनु पर्ने औल्याए । हामीले सकेको रचानात्मक सहयोग गरौ, उनले भने ।
उनका अनुसार अस्पताल निर्माणको प्रक्रिया अघि बढेको छ । असार पहिलोसातादेखि अस्पताल शुचारु हुने उनको भनाई रहेको छ । सबैले एकमत भएर यहाँ उपयुक्त भएको निष्कर्ष निकालिएको हो र जोखिमयुक्त तवरले काम हुनेछ, उनले भने । अस्पतालसंगै पिसिआर परीक्षण पनि यहि हुनेछ ।
प्रदेश एक सरकारको सिफारिसमा कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रणका लागि गठित समितिले सर्वसम्मत रुपमा कोरोना अस्पताल र प्रयोगशालाका आवश्यक स्थान छनोट गरेको थियो । उसले बिभिन्न ठाँउहरु हेर्ने क्रममा यहाँ उपयुक्त ठहरयाएको थियो ।
