गौरादहमा २ जना र कचनकवलमा थप १५ जनामा देखियो कोरोना पोजेटिभ
दमक/ झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यसमा २ जना झापा गौरादह र बाँकी १५ जना कचनकवलका हुन्। कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ ।
गौरादह नगरपालिका वार्ड नं ९ का कोरोना पुष्टि भएका २ जना भारतको मद्रासबाट आएको बताईएको छ । क्वारेन्टाइनमा रहेका २० जनाको थ्रोट स्वाब परिक्षण गर्दा उनीहरूमध्ये २ जनामा पोजिटिभ रिपोर्ट आएको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । झापामा १७ जना थप भएसँगै प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ ।
