झापामा करेन्ट लागेर एकको मृत्यु
झापा, १४ जेठ । झापाको मेचीनगर नगरपालिका–१२ का २४ वर्षीय रामायण राजवंशीको करेन्ट लागेर मृत्यु भएको छ ।
मंगलबार दिउँसो पौने ३ बजेको समयमा आफ्नै घर छेउमा करेन्ट लगाइ माछा मार्ने क्रममा अचानक आफैँलाई करेन्ट लागि घाइते भएका हुन् ।
घाइते राजवंशीलाई उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड लैजाने क्रममा दिउँसो ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।
