कथित उच्चजातीय समुदायमा जन्मिएर जान अन्जानमा मैले पाएका सुविधा/सहजता र विभेदमा मेराे संलग्नताका निम्ती म तपाईँसँग माफी माग्दछु-नविन प्राचिन
नविन प्राचिन
सबैभन्दा जातीवादी ति हुन् जाे रूकुममा भएकाे नरसंहारलाई जात व्यवस्था सँग जाेड्न नहुने कुतर्क गर्दैछन् ।
हामीमा समस्या छ भनेर स्विकार्न र छलफल गर्न समेत तयार नहुने कथित उच्चजातीवादी अहंकार र काईते पारामा समाज जातीय लगायतका सबै विभेद भन्दा माथी उठिसकेजस्ताे,निरपेक्ष विचार स्थापना गराउन लागीपर्नेहरू समस्यालाई यथास्थितिमा राख्न खाेज्नेहरू हुन् ।
याे घटना हाम्राे समाजकाे नाङ्गाे तस्विर हाे ।
स्वस्थ बहस गराैँ,आफ्ना कमजाेरी स्विकाराैँ ।
हाम्राे समाजकाे समृद्धि,स्थायित्व र विकासकाे मार्ग प्रसस्त गर्न याे घटना सहयाेगी बन्न सक्छ ।
हैन यसलाई जबर्जस्ती हल्ला मच्चाएर, विपरित विचारहरूकाे लहर चलाएर सामसुम पार्न खाेजीयाे भने याे विभेदकाे जरा अझ गहिराे सँग गाडिदैँ जानेछ, जुन उखेलिएकाे दिन समाजमा कहिल्यै नपुरिने खाडल बन्नेछ ।
कथित उच्चजातीय समुदायमा जन्मिएर जान अन्जानमा मैले पाएका सुविधा/सहजता र विभेदमा मेराे संलग्नताका निम्ती म तपाईँसँग माफी माग्दछु ।
(सामाजिक सञ्जाल फेसबुकबाट साभार)
