२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य बसन्त बाँनियाले झापा कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताउदै यसमा ध्यान दिन प्रदेश सरकारको ध्यानकर्षण गराएकाछन् । उनले केचनामा कोरोना संक्रमण सबैभन्दा बढि देखिएको भन्दै उनले यहाँ पर्याप्त जाँच र स्वास्थ्यकर्मीहरुको ब्यवस्था गर्न समेत माग गरेकाछन् ।

बाँनियाले यो जटिल अवस्थामा समयमा सचेत नहुदा समस्या आउन सक्ने भन्दै क्वारेन्टाइनमा रहेका सबैको स्वाब परीक्षणको ब्यवस्था तत्कालै चाँडो गर्न पनि आग्रह गरे । उनले झापामा कोभिड अस्पताल बनाउन गरिएको निर्णय कार्यन्वयन र स्वाब परीक्षणको ब्यवस्था गर्न पनि ध्यानकर्षण गराए ।

प्रदेश सभामा आफ्नो मन्तब्य राख्दै बाँनियाले सिमामा खटिएका सुरक्षाकर्मीहरुको बिजोग रहेको सुनाए । उनले आफ्नो क्षेत्रमात्र पनि ४६ किलोमिटर भारतसंग जोडिएको जनाए । त्यहाँ खटिएका सुरक्षाकर्मीहरुको अवस्था देखेका उनले यस बिषयमा प्रदेश सभामा आफ्नो कुरा स्पष्ट राखे ।

सिमामा जहाँ सुरक्षाकर्मी राखिएको छ त्यहाँ सामान्य पीउने पानी र बस्ने छहारी नभएको अवस्थाबाट यो प्रतिकुल समयमा छानो समातेर बस्नु पर्ने अवस्था रहेको छ, उनले भने । यस्तो अवस्थामा सिमामा सुरक्षा कठिनाई हुँदा भारतबाट आउनेहरुबाट जोखिम बढ्नेप्रति बाँनियाले सचेत गराए ।

हावाहुण्डरी आईरहेको यो अवस्थामा सिमामा खटिएका सुरक्षाकर्मीहरुको खटिनाई र मर्मबारे बोल्दै यसको ब्यवस्थापनमा ध्यान दिन उनले सभामुख मार्फत प्रदेश सरकारलाई ध्यानकर्षण गराए । झापामा १ सय ४४ किलोमिटर क्षेत्रमा नै यो समस्या रहदै आएको छ ।

सिमामा खटिएका सुरक्षाकर्मीहरुले त्रिपाल समातेर सिमामा बस्ने अवस्था अन्त्य गर्न म सरकारको ध्यानकर्षण गराउछु बसन्त बाँनिया

Posted by प्रभावकारी न्यूज डिजिटल पत्रिका on Thursday, 28 May 2020