२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ सरकारले ल्याएको नयाँ बजेटप्रति मिश्रित प्रतिक्रिया आउन थालेको छ । दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले बजेट राम्रो भएको प्रतिक्रिया दिएकाछन् ।

उनले यो बजेटले केहि आशा पलाएको जनाएकोछन् । पुर्वपश्चिम राजमार्गको बिस्तार, राम्रो राहत प्याकेज जस्ता कार्यक्रम समावेश रहेको पाईयो, उनले भने । निजी क्षेत्रलाई पनि राम्रो सम्बोधन भएको मैले पाएको छु उनको भनाई छ ।

संसद बिकाश कोषमा रकम कटौति, सबैखाले भत्ता कटौति, अनाबश्यक समितिको खारेजी हुनु पनि राम्रो हो, उनको प्रतिाक्रिया छ ।

प्रभावकारी न्यूजसंग उनले भने स्वास्थ्य र कृषीमा बिशेष जोड रहेको पाईयो, उनले थपे ।  रोजगारीका अवसरका विषयमा ब्रेक डाऊन सहित आयो, उनि भन्छन् ।

श्रोत तर्फ राजस्व संकलन, वैदेपशिक ॠण र आन्तरिक ॠण चुनौतीपुर्ण रहेको उनको बुझाई छ । बजेट सोचे भन्दा राम्रो नै छ तर दाताले दिने परियोजनामा खर्च बढी छ, उनले भने