मोरंगमा केहि दिन अघि गला रेटेर आत्महत्या गर्दै गरेको भिडियो खिच्दै रमिता हेर्ने र अपलोड गर्ने सबैलाई पक्राउ गरेर मुद्धा चलाईने
मोरङस्थित बेलबारीमा १५ जेठमा आमाको हत्यापछि छोराले आत्महत्या गदैं गरेको बीभत्स भिडियो सामाजिक सञ्जालमा फैलिएपछि मोरङ प्रहरीले त्यस्ता भिडियो अपलोड गर्नेलाई कारबाही गर्ने भएको छ ।
धारिलो छुराले आफ्नै गला रेट्दै गरेको भिडियो अहिले युटुव, फेसबुक र टिकटकमा जताततै भेटिन थालेको छ ।
भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरी प्रधान कार्यालय नक्सालको ध्यानाकर्षण भएको थियो । स्वयम प्रहरी प्रमुख आइजिपी ठाकुर प्रसाद ज्ञवालीले त्यस्तो भिडियो अपलोड गर्नेलाई कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय मोरङलाई निर्देशन दिइएका हुन् ।
अहिले मोरङ प्रहरीले उक्त भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने सबैको विवरण सङ्कलन गदैंछ । प्रहरीले भिडियो खिच्ने र सामाजिक सञ्जालमा हाल्ने सबैलाई पक्राउ गर्ने जनाएको छ ।
भिडियोमा आत्महत्या गर्ने व्यक्तिले छुराले गला रेट्दै गरेको दृश्य कैद गरिएको छ । जसमा अन्य केही व्यक्तिले पनि सो घटनाको भिडियो बनाएका थिए ।(अपराध न्यूज डटकमबाट साभार
