होटेल तथा पर्यटन व्यवसाय लाई ५% व्याजदरमा दिने भनिएको कर्जा लकडाउन प्रभावित सबै क्षेत्रको व्यवसायलाई दिएको राम्रो-गोकुल श्रेष्ठ
नयाँ बजेट बारे दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको यस्तो छ धारणा-
सरकारले ल्याएका केही कर छुटका योजनाहरु सकारात्मक छन तर कर छुट मात्रै नभई उद्योग-व्यवसायलाई बचाउने तर्फ ध्यान दिनु पर्छ। धेरै प्रोत्साहन हुने किसिमको बजेट आएको छैन ।
पुर्नकर्जा कोष सय अर्ब रुपैयाँ बनाउने कुरा राम्रो छ । अब यसलाई राष्ट्र बैंकले केही सहजता गरि सबैको पहुँचमा पुग्ने बनाउनुपर्छ ।
होटेल तथा पर्यटन व्यवसाय लाई ५% व्याजदरमा दिने भनिएको कर्जा लकडाउन प्रभावित सबै क्षेत्रको व्यवसायलाई सोही दरमा दिइएको भये राम्रो हुन्थ्यो।
अहिलेको अर्को महत्वपूर्ण कुरा भनेको अब उद्योग-व्यवसाय सञ्चालन गर्ने तर्फ सरकारले सोच्नुपर्छ । मुलुकको अर्थतन्त्रलाई जोगाउन र आम व्यवसायीहरु लाई जोगाउन पनि सुरक्षाको उच्च सतर्कता अपनाएर व्यवस्थित तवरले व्यवसाय सञ्चालन गराउने तर्फ राज्यको ध्यान जान जरुरी छ।
