२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ यतिखेर सामुदायिक विद्यालय सुधारको जिम्मा नीजि विद्यालयलाई साझेदार बनाउने बजेटमा आएको कार्यक्रमप्रति सर्वत्र विरोध भएको छ । शिक्षामन्त्रि गिरीराजमणि पोखरेलले यो प्रस्ताव शिक्षा मन्त्रालयले पेश नगरेको भन्दै यसबाट पन्छिएपछि यस बिषयमा झनै बहस चर्केको छ । दमकका सामाजिक युवा तथा जेसिज अभियान्ता गोविन्दराज कट्टेल सामाजिक सञ्जाल फेसबुकमा कडा प्रतिक्रिया जनाएकाछन् । उनले शिक्षामन्त्रिलाई राजिनामा दिनसम्म सुझाव दिएकाछन् ।

उनको सुझाव यस्तो छ-

राजिनामा देउन नाटक किन छी राजनिती

देशका शिक्षामन्त्री गिरिाजमणि पोखरेल कति निर्लज्ज, बिचरा र तन्नम छन् भने ‘सामुदायिक विद्यालय सुधार्ने जिम्मा निजी विद्यालयलाई दिने सरकारको योजना आफ्नो (शिक्षा मन्त्रालयको) प्रस्ताव नभएको’ विज्ञप्ति निकालेर बताउँछन्। देश कल्ले चलाउँछ अब आफै बिचार गर्नुस्। #लाजकोपसारो