दमकमा सामाजिक कार्यमा अग्रसर हुदै फेमिना, अति विपन्नको घरमा राहत लिएर पुग्दै
दमक/ दमकका बिभिन्न क्षेत्रमा घरमा विहान बेलुका समेत छाक टार्न समस्या भएको भनेर गुनासो गरेका १७ घर परिवारलाई सामाजिक सञ्जाल फेसबुकको ग्रुप फेमिनाका सदस्यहरुले राहत पुर्याएकाछन् ।
फेमिना ग्रुपकी मन्जु भट्टराईका अनुसार दमकको मिलडाँडा, पनचमुखिम टोल र ढुकुरपानीमा राहत पुर्याईएको हो । यो कार्य आगामि दिनमा निरन्तर रहने पनि भट्टराईले बताएकीछन् ।
