सरकारलाई कर र राजस्व मात्रै चाहिने हो भने कात्रोमा पनि कर लगा म तिरेर अग्रिम खरिद गर्दिउला-प्रेम पाण्डे
विष्णुप्रसाद पोखरेल
दमक/ आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र जविरवाना बच्न आग्रह गर्दै सार्वजनिक सूचना निकालेर तनाव थोपरिदिएको छ । लकडाउनका कारण ब्यापार ब्वसाय गर्न नपाएका ब्यवसायीहरुलाई सरकारले नै कर तिर्न भन्दै उर्दी जारी गरेपछि ब्यवसायीहरुले यसको चर्को विरोध गर्दै यस्तो कार्य रोक्न माग गरेकाछन् ।
दमकका ब्यवसायी प्रेम पाण्डेले सामान्य मानवीयता समेत सरकारले नदेखाएको भन्दै कडा टिप्पणी गरेकाछन् । कर र राजस्व मात्रै चाहिने हो भने कात्रोमा पनि कर लगा म तिरेर अग्रिम खरिद गर्दिउला भन्दै उनले आक्रोश पोखेकाछन् । यो उनको मात्र नभएर धेरै ब्यवसायीको भनाई बिम्बित गरेको भन्दै ब्यवसायीहरुले यो भनाईमा समर्थन गर्दै कमेन्ट र शेयर गरिरहेकाछन् ।
उनले लेखेकाछन्-
अब चाहिँ अति भयो,यदि यो २५ गते नै सबै कर बुझाउनै पर्ने हो भने लकडाउन किन ३२ सम्म पुर्याउछस ! त हुतिहारा सरकारलाई कर र राजस्व मात्रै चाहिने हो भने कात्रोमा पनि कर लगा म तिरेर अग्रिम खरिद गर्दिउला !!! यो कुनै मानवले चलाएको सरकार हुँदै हैन: करका कसाईहरु तिमिहरु पनि मर्नु नै पर्छ होला होसियार गर ! पहिला अर्थतन्त्र कि मानव समाज? पहिला कर कि ब्यापार ? कर तिरिन्छ तर सहजीकरण भए पछि ! ब्याज हर्जना जे लाउछ्स लगा !पुलिस,आर्मी नै पठा नेपाली जनता मारेर अब लासको पनि कर उठा ! हरेक मध्यम बर्गिय ब्यवसायिको समस्या ।
बिर्तामोडका ब्यवसायी सन्तोष अग्रवालको पनि सरकारको यस्तो कदमप्रति आक्रोश रहेको छ । आन्तरिक राजश्व बिभागको सूचनाप्रति उनले पनि आक्रोश पोखेकाछन् । अदालतले गरेको आदेश विपरीतको यो सूचना भएको भन्दै अदालतको अवहेलना नगर्न पनि उनको आग्रह रहेको छ । अग्रवाल भन्छन्-
हालै मात्र आन्तरिक राजस्व बिभागले जारी गरेको सुचना प्रति नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको छ ।सर्वोच्च अदालतको पूर्ण इजलासको आदेश बिपरित छ ।लकडाउनको अवधी गणना नगर्ने गरि फैसला गर्दा गर्दै पुन राजस्व बुझाउने समय निर्धारण गरि सुचना जारी गर्नु अदालतको समेत अवहेलना हुने र गृह मन्त्रालयको सुचना नेपाल सरकारको निर्णय बमोजिम लकडाउनको पालना गरि सम्पूर्ण उधोग व्यवसाय (अत्यावश्यक केही उधोग बाहेक)बन्द रहेको र सम्पूर्ण कार्यालय बन्द रहेको अवस्थामा के कसरी सम्भव छ र ?
इटहरीमा ब्यवसाय गर्दै आएका दमकका नरेन्द्र दंगालले पनि यसमा आक्रोश पोखेकाछन् । लकडाउन घोषणा गरेर घरमा नै बस्न सरकारले भनेको तर यो बीचमा नै कर अनिवार्य तिर्न भन्दै उर्दी जारी गरिएको प्रति दंगालको पनि आक्रोश रहेको छ । उनले भनेकाछन्-
व्यवसाय गर्न चाहिं बन्द गराउने, लकडाउनमा घर बाहिर निस्कन नदिने अनि यिनको कर कसले कसरी बुझाउने होला ।।
जनता पिराहा लकडाउन ।।।।
कर तिर्न, राजस्व तिर्न, बत्ति पानीको बिल तिर्न चाहिं यिनलाई लकडाउन नलाग्ने, व्यवसाय गर्न चाहिं लकडाउन ? निष्पक्ष भएन है यो चाहिं ।।।
