झापामा फेरी आज कोरोना संक्रमित ५ जना थपिए
दमक/ झापाको बुद्धशान्ति गाँउपालिकाको बुद्धआदर्श माविको क्वारेन्टाइन रहेका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एकजना बुद्धशान्ति गाउँपालिकाका, एकजना पाँचथरका र तीनजना ताप्लेजुङको रहेका बताईएको छ ।
क्वारेन्टिनमा झापाका विभिन्न नाकाबाट नेपाल प्रवेश गर्ने र पहाडी जिल्लाका मानिसहरूलाई समेत राखिएको थियो । मेचीनगरको काकडभिट्टा नाँका भएर आएकाहरुलाई यहाँ राखिएको थियो ।
प्रदेश सरकारले प्रदेशभित्रका नागरिकहरुलाई क्वारेन्टाइनमा पिसिआर परीक्षणपछिमात्र पठाउने निर्णय गरेको थियो । बुद्धशान्तिमा पहिलो पटक कोरोना संक्रमण ब्याक्तिहरु फेला परेकाहुन् ।
